पप्पु रेग्मी, बर्दघाट । पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नम्बर १ स्थित माकरमा रहेको विद्युत ट्रान्सर्फमर चोरी भएको छ ।
बर्दघाट १ माकरमा रहेको कोटहिमाई सिंचाई डिप बोरिङको ५० केभिको विद्युत ट्रान्सर्फमर गत शुक्रबार राती चोरी भएको हो । गत शुक्रबार राती ट्रान्सर्फमर चोरी भएको र शनिबार बिहान स्थानीयले वडामा जानकारी गराएका थिए ।
जानकारी लगत्तै प्रहरीले मुचुल्का खडा गरी चोरी गर्नेहरुको खोजतलास भैरहेको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो । किसानले लगाएकाे गहुँ र मकैका लागी सिंचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।
उक्त क्षेत्रको सिंचाईका लागि भुमिगत सिंचाई आयोजना रुपन्देहीले प्रदान गरेको बजेटमा भूमिगत सिंचाईका लागि बोरिङ निर्माण गरिएको थियो ।