सदिक्षा गैरे (कावासोती )
कावासोती नगरपालिका वडा नं ६ स्थित जनता माबी बिश्नुनगरका पुर्ब प्रधानाध्यापक , पुर्ब शिक्षक , पुर्ब कर्मचारी र पुर्ब बिध्यार्थिहरुको बृहत् भेला आज सम्पन्न भएको छ ।
उक्त विध्यालयको आयोजनामा यहि माघ २३ गते देखि फल्गुण २ गते सम्म चल्ने महायज्ञको प्रचार र पुर्ब तयारी स्वरुप सो भेला आयोजना गरिएको हो ।
महायज्ञलाई भब्य रुपमा सम्पन्न गर्न का लागि किरण भुर्तेलको संयोजकत्वमा २७ सदस्यीय तदर्थ समिती समेत गठन गरिएको छ । साथै अबको हरेक वर्ष यस्तो भेला को आयोजना गरिने र बिद्यालयको बिकासमा लागि पर्ने नबगठित समितिको उद्देश्य रहेको संयोजक भुर्तेल ले बताउनुभयो ।
उक्त समितिमा बि.स. २०४९ साल देखि बि.स. २०७५ साल सम्म सो बिद्यालय बाट प्रवेशीका उतिर्ण बिद्यार्थीहरु रहेका छ्न् ।
समितिमा हरेक ब्याच बाट कम्तिमा एक जना को प्रतिनिधित्व रहेको संयोजक भुर्तेलले बताउनुभयो ।
यस किसिमको भेला आयोजना गर्दा एक आपसमा भाईचारा सम्बन्ध कायम राख्न साथै बिद्यालयको चौतर्फी बिकासमा काम लाग्न सकिने बक्ताहरुले बताए।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष झबिन्द्र प्रसाद काफ्लेले अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रधानाध्यापक घनश्याम भुसाल, बिष्णु प्रसाद भुषाल,रामकृष्ण श्रेष्ठ, चन्द्रदत शर्मा, दुर्गादत, सापकोटा, शशिधर कंडेल, लगायतले आफ्नो धारणा राख्नु भएको कार्यक्रमको संचालन शिक्षक श्रीखन्ड काफ्ले ले गर्नु भएको थियो ।