संजय कुशवाहा नवलपरासी /माघ २४
मदारबाबा मेला भर्न आएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारी बाट ९ किलोमिटर पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढदै गर्दा भिरबाट लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको खजुरिया बस्ने ५० बर्षिय भरतचन्द्र पटेल रहेको प्रहरी चौकी महलबारीका इन्चार्ज सई डम्बर क्षेत्रीले बताए ।