20.7 C
New York
Wednesday, May 13, 2026

Buy now

spot_img
spot_img

भोलिदेखि सुरु हुँदै सुर्यनगर गोल्डकप, प्रथम हुनेलाई ६ लाख ६६ हजार पुरस्कार

- Advertisement -

बर्दघाट, २०८२ चैत्र २५ ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट १६ सुर्यनगरमा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता सुर्यनगर गोल्डकप २०८२को १०औँ संस्करण भोलि (चैत्र २६ गते) देखि सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
नव युवा क्लब बर्दघाट–१६ को आयोजनामा तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगिताको उदघाटनपछि पहिलो दिनकाे खेलमै हर्दी युवा समाज चितवन र हेटौंडा एकेडेमी मकवानपुरबीच प्रतिस्पर्धा खेल हुने संयोजक मीन गुरुङले जानकारी दिनुभयो।
यस प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ भने फाइनल खेल बैशाख ४ गते सम्पन्न हुने जनाइएको छ। जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रूपमा परिचित प्रतियोगितामा प्रथम हुने टिमले रु. ६ लाख ६६ हजार ६ सय ६६ र दाेश्राे हुने टिमले रु. ३ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष धनसिंह चितौरेले बताउनुभयो।
प्रतियोगिता सञ्चालनका लागि बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षमा रु. १२ लाख ५० हजार बजेट विनियोजन गरेको छ भने खेल सम्पन्न गर्न कुल खर्च करिब रु. २५ लाख हुने अनुमान गरिएको आर्थिक संयोजक प्रदीप अधिकारीले जानकारी दिनुभयो।
दर्शकको सहभागिता बढाउने उद्देश्यले यस वर्ष टिकट दर घटाइएको छ। पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा वडा नं. १६ का वडा अध्यक्ष भिमकाजी गुरुङका अनुसार, दैनिक टिकट रु. ५०, सेमिफाइनल रु. १०० र फाइनलका लागि रु. २०० निर्धारण गरिएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष गुरुङले सुर्यनगर गोल्डकप जिल्लाकै पहिचानसँग जोडिएको प्रतियोगिता भएको उल्लेख गर्दै, यस खेलले खेलकुद विकास र स्थानीय प्रतिभा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
सुर्यनगर गोल्डकप यस क्षेत्रकै लोकप्रिय फुटबल प्रतियोगिता हो, जसले हरेक वर्ष हजारौँ दर्शकलाई आकर्षित गर्दै आएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme