२० कात्तिक, भैरहवा । टायर पञ्चर भएका कारण भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको छ ।
विमानस्थलमा जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएर दुर्घटना भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिएका छन् ।
सिसेलका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल रहेका छन् । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए ।
दुर्घटनामा परेकाे जहाज रनवे देखि एक मिटर छेउमा गएको छ ।
रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।
यही जहाज यसअघि पनि भैरहवा मै ल्याण्ड गर्दा टाएर पंचर भएर दुर्घटना भएको थियो ।