भुजहवामा बिराट कुस्ती दंगल, उपाधि भारतलाइ

35

नन्दु यादव, असाेज १५ बेलाटारी ।

नेपालीहरुकाे महान चाड बडादशैकाे उपलक्ष्यमा सरावल गाउपालिकाकाे वडा न ७ भुजहवामा बिराट कुस्ती दंगल प्रतियोगिता सम्पन्न भएकाे छ ।

नवदुर्गा पुजा समिति भुजहवाका अध्यक्ष हरिकेश राैनियारकाे सभापतित्व तथा नेपाल लाेकतान्त्रिक फाेरमका केन्द्रीय सदस्य अनिल कुमार गाैडकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा समाजसेवी बिनाेद ठाकुर र पत्रकार लगायतकाले कुस्तीकाे बारेमा अाफ्नाे धारणा राख्नु भएकाे थियाे।बिराट दंगल कुस्ती प्रतियोगिताकाे उपाधि भारत गाेरखपुरकाे शैलेश पहलवानले हासिल गर्नुभयाे ।

उपाधी हासिल खेलाडीले नगद ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नु भयाे त्यसैगरि प्रतियोगिताकाे उप विजेता भारतकाे बहराईचका राधे पहलवानले हासिल गरे । उप विजेताले नगद ३ हजार पुरस्कार प्रात गर्नु भयाे । प्रतियोगितामा नेपाल भारत गरि ३० पहलवानकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगिता शनिवार सम्पन्न भएकाे थियाे ।