ठुठीबारीमा भारतीय कस्टमद्वारा अवैध असुली, जनमानसमा अाक्राेस

16

महेशपुर सम्वाददाता, ६ फागुन

नेपाल भारतबीच प्रमुख नाकाकाे रूपमा विकसित हुदै गरेकाे महेशपुर नाकाकाे भारतीय कस्टमका कर्मचारीकाे अवैध असुलीका कारण नेपाल अाउने व्यापारीहरू निराश बनेका छन् । कस्टमका कर्मचारीहरू गाडीपिच्छे रकम असुल्न थालेकाे व्यापारीहरूले बताएका छन् । सामान लिइ नेपाल अाउने गाडी वा व्यक्ति जाेसुकैले पनि घुस रकम दिनुपर्ने बाध्य बनाइन्छ ।

महेशपुर अाउने नाकाकाे भारतीय कस्टम ठुठीबारीका इन्स्पेक्टर तथा त्यहा खटिएका कर्मचारीहरूले नेपाल अाउने मालवाहक गाडीहरूबाट बलजफ्ती रकम असुली गर्न थालेका हुन् । ती कर्मचारीहरूले नेपाल अाउने काेइलाकाे ट्रकबाट रू २ हजारदेखि ३ हजारसम्म रकम नअसुलेसम्म इजाजत निदने गरेकाले काेइलाकाे पैठारीका लागि ठुलाे समस्या उब्जेकाे काेइला व्यापारीहरूले बताएका छन् ।

सरकारी दस्तुरका बावजुद पनि यति धेरै रकम दिनुपर्दा अाफुहरू मर्कामा परेकाे व्यापारीले बताएका छन् । मर्कामा परेका व्यापारीहरू महेशपुरकाे साटाे भैरहवाकाे बाटाे राेज्नुपर्ने बताए । महेशपुरकाे नाकामा अाउनुभन्दा भैरहवाकाे नाकाबाट नेपाल प्रवेश लिनु सहज रहेकाे बताए । सुधार नभए अाफुहरू महेशपुर नअाउने भएपछि स्थानीय बजारकाे प्रवर्धन तथा महेशपुरमा स्तराेन्नति हुदै गरेकाे नेपाली भन्सारकाे राजश्वमा भारी मात्रामा असर पर्ने देखिन्छ ।

फलफुल लिएर नेपाल भित्रिन चाहने गाडीहरूबाट भारतीय कस्टम ठुठीबारीका कर्मचारीहरूले ३ देखि ४ हजारसम्म रकम असुल्ने गरेकाे व्यापारीहरूले बताए । मालवाहक गाडी सिमामा अाइसकेपछि कस्टमका कर्मचारीले अनेक निहु पारी माल झार्नेदेखि फिर्ता पठाउने धमकी दिन्छन र पैसा नदिए कस्टममा समातेर कार्वाही चलाउने चेतावनी दिन्छन् ।

अाफ्ना प्रयाेगका लागि घरायशी सामान खरिद गरि नेपाल अाउने नेपाली नागरिकबाट रकम माग्ने र नदिए माल सिज गर्ने धम्की दिएपछि बाध्य भइ अतिरिक्त रकम दिनु परेकाे बताइन्छ । घरेलु प्रयाेगका लागि ल्याउदै गरिएकाे समान्य मात्राकाे चिनी नुन, एक सेट साडी वा अन्य कपडा लगायतका सामान वापत पैसा माग्ने गरेका छन् । नदिए सामान खाेस्ने र फिर्ता निदने गरेका कारण नेपाली ग्राहक भारतीय बजार ठूठीबारी जान हिच्किचाउन थालेका छन् ।

सामान खरिद गर्नका लागि भारतीय बजार ठुठीबारी अाउने जाने धेरै जना ग्राहककाे गुनासाे सुनेपछि सीमावर्ती क्षेत्रकाे दाैडाहामा गएका जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशंकर रायले सीमाकाे निगरानी गरे । उनले यस्ताे गुनासाे सुनेपछि मुख्य नाकाकाे रूपमा विकसित हुदै गरेकाे महेशपुर नाकामा नियन्त्रणका लागि उपाय अपनाउनुपर्ने बताए । उनले भने महेशपुर नाकाकाे लागि यस्ताे घटना दुखद हाे । यसकाे नियन्त्रणका लागि भारतीय उच्च अधिकारीहरूसित कुरा गरिनेछ ।