उमेश बि.क/ सरावल,१३ फाल्गुन
नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा अाजदेखि ब्यक्तिगत घटना दर्ता सम्बन्धि तालिम सुरु गरिएको छ ।
सरावल गाउँपालिकाकाे आयोजनामा गाउँपालिका उपाध्यक्ष उतमा रायकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा एवम् प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीकाे विशेष अातिथ्यतामा ३ दिनकाे लागि तालिम सुरु गरिएको हाे ।
तालिममा ७ वटा वडाका वडा अध्यक्ष, वडा सचिव, कार्यालय सहयाेगी/ सहायक गरि २१ जनाकाे सहभागीता रहेको छ । तालिमकाे प्रशिक्षण गाउँपालिका सुचना प्रविधि अधिकृत धिरेन्द्र फाैजदारले गर्नुभएको छ ।