बेवारिसे शव फेला

9

संजय कुशवाहा/नवलपरासी असार ५

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.७ गुठी सुर्यपुरामा एक पुरूषको शव भेटिएको छ । आज मंगलबार दिउँसो सुर्यपुरा पावर हाउस नजीक मुख्य पश्चिमी गण्डक नहरमा बगिरहेकोअवस्थामा देखिएपछि शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

नहरमा मृत भेटिएको पुरूषको नाम,ठेगाना नखुलेको अन्दाजी ६५ बर्षिय बेवारिसे शव भेटिएको हो । बेवारिसे शव बारे थप अनुसन्धान भईरहेको र शवलाई पोस्टमार्टमको लागी पृथ्विचन्द्र जिल्ला अस्पताल परासी पठाईएको सशस्त्र प्रहरी बोडर नेपाल आउट पोष्ट गुठी परसौनीका प्रहरी निरिक्षक तेजबहादुर बुढाथोकीले जनाएका छ ।