अपहरित बालिका सहित एक भारतीय नागरिक पक्राउ 

6

श्याम थापा
सुस्ता ७ फाल्गुन
बेच्न भनेर लगिएको बालिका सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाल भारत सिमा स्थित नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित वेलवानी बस्ने मुन्ना कलवारको छोरी बर्ष ७ कि नबिया कुमारी कलवारलाई भारत उत्तर प्रदेश माहाराजगन्ज जिल्ला डोमा बस्ने अन्दाजी ५० बर्षको ध्रुब हरिजनले मिठाइको लोभ देखाई बालिकाको घरबाटै साईकलमा बसालेर लगेको हरिजनले बताए ।

बालिका कलवारलाई आफुले खेलाउन भनेर लगेको र अर्को दिन बालिकाको घरमा पुराइदिने सोचले बालिका कलवारलाई आफुले लगेको पक्राउ परेको भारतीय नागरिक हरिजनले बताए तर बालिका कलवारका परिवारले भने छोरीलाई ध्रुब हरिजनले बेचबिखन  गर्ने उद्देश्यले लगेको दाबी छ ।

बालिका कलवारका बुवा मुन्ना कलवारको भनाइ अनुसार उनको छोरी नबिया कलवार दिउँसोको ४:३० बजे घरबाट हराएको र उनको सोही समयबाट गाउलेहरुको सहयोगमा खोजी कार्य भैरहेको थियो ।

बालिका कलवारलाई भारतीय नागरिक हरिजनले करिब दिउँसोको ५ बजे देखि नेपाल र भारत सिमा नजिकै भारतमा रहेको औराहा जङ्गलमा बालिका कलवारलाई बाधेर राखेको र रातिको १२ बजे जङ्गल बाट बालिकालाई लिएर हिड्ने  क्रममा भारत उत्तर प्रदेश माहारागन्जको गेडहवा पुलमा स्थानीय कमलकान्त पोख्रेल र बिगुवा बनियाले पक्राउ गर्न सफल भएका थिए ।

पक्राउ  परेका भारतीय नागरिक ध्रुब हरिजनलाई प्रहरी चौकी रामनगर बुझाएपछि  आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा पठाएको प्रहरी चौकी रामनगरका हवल्दार ऋषि राव यादवले जानकारी दिनु भयाे ।