उमेश बि.क. नवलपरासी, २२ जेठ ।
जबर्जस्ती करणी गरेको अाराेप लागे पछि फरार रहेका अभियुक्त विहिवार नवलपरासीमा पक्राउ परेका छन्।
प्रहरीले उनलाइ जिल्लाकाे महेशपुर नाकाबाट राति ८ बजे पक्राउ गरेको जनाएकाे छ । बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रहरीले सहानीको खोजी गरि रहेको थियो।
अभियुक्त २६ बर्षिय राजकुमार सहानी सरावल गाउँपालिका वडा नं. ४ ललितपुरका वासिन्दा हुन् । उनीमाथि वडा नं. ४ मङ्लापुरकी ४ बर्षे बालिकालाई गएकाे १८ गते करिब ३ बजे घरमा एक्लै खेलिरहेकाे बेला मिठाईको प्रलोभन देखाएर जबर्जस्तिकरणी गरेको आरोप छ ।