नवलपरासी । बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा संचालन हुन लागेको सातौँ बर्दघाट मेला बर्दघाट नगरपालिकाले राेकेको छ । नगरपालिकाले मेलास्थलमा नगर प्रहरी र JCB पठाएर निर्माण सामाग्री हटाउन लगाइ मेला राेकेकाे हाे ।
फागुनको १७ गते देखी २९ गतेसम्मका लागि आयोजना गरिसकिएकाे मेला स्थगन गरी सामान हटाउन पठाएपछि बर्दघाट उद्याेग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले राज्य अराजक भएको आराेप लगाउनुभएको छ। नगरले नै अनुमति दिएर मेलाको तयारी गरेको र १० लाख रूपैयाँ भएकाे खर्च कसले व्याेहाेर्ने अब ? उनकाे भनाइ छ ।
अध्यक्ष न्याेपानेले “बर्दघाट नगरले नै अनुमति दिएर मेलाको करिब 60-70% काम सकिएको छ भने करिव १० लाख खर्च भइसकेको छ। अहिले मेला स्थगित गर्ने नगरको निर्णय हामी मान्छौ, क्षतिपुर्ति नगरले व्यहोरोस भन्ने हाम्रो माग हो, तर अहिले मेलास्थलमा नगरप्रहरि / JCB पठाएर स्थानिय सरकारले द्वन्द्व सिर्जना गर्न खोजेको छ।” भन्नुभयाे ।