नवलपरासी । जिल्लाकाे प्रतापपुर गाउँपालिकामा क्रियाशिल सञ्चारकर्मीहरूकाे एक वृहत भेलाले सनिवार वरिष्ठ पत्रकार वृजराज कुशवाहाकाे अध्यक्षतामा प्रतापपुर प्रेस क्लबकाे गठन गरेकाे छ । कुशवाहा सूचनाकाे हकका लागि राष्ट्रिय महासंघकाे केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । विगत २६ वर्षदेखि पत्रकारितामा कृयाशिल रहेका कुशवाहा अनलाइन जनता डट कम का प्रधान सम्पादक हुनुहुन्छ ।
गाउंपालिका प्रतापपुर क्षेत्रमा रहेका क्रियाशिल सञ्चारकर्मीहरूकाे सकृय उपस्थितीमा गाउँपालिकाकाे वडा नं. ६ गूठी परसाैनीमा भएकाे भेलाले कुशवाहाकाे अध्यक्षतामा साे क्लबकाे गठन गरेकाे हाे ।
गठित क्लबकाे उपाध्यक्ष पदमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य रबिन्द्र यादव, सचिव पदमा त्रिवेणी प्रेसका सम्पादक नन्दु प्रसाद यादव, काेषाध्यक्ष पदमा त्रिवेणी प्रेसका सम्वाददाता श्याम बदन हरिजन, सहसचिव पदमा कामना दैनिक जिल्ला सम्वाददाता सहबान अन्सारी, सदस्य पदमा राष्ट्रिय दैनिकका प्रधान सम्पादक सञ्जय कुशवाहा, नवलपुर टुडेका जिल्ला सम्वाददाता खुरसेद हजाम र प्रतापपुर न्युजका सम्पादक कृष्ण गिरी रहेका छन् ।
प्रेस क्लबको गठन पेशागत हकहित, विभिन्न पत्रकार र सञ्चारकर्मीलाई एकजुट हुने अवसर प्रदान गर्ने, विचारको आदानप्रदानलाई प्रोत्साहित गर्ने र व्यावसायिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गरिएकाे बताइएकाे छ । क्लबले सामाजिक सद्भाव, पत्रकारिता नैतिकता, र स्वतन्त्र मिडियाको महत्त्वलाई प्रोत्साहित गर्ने छ ।
सञ्चारकर्मीहरू बीच विचार आदानप्रदान गर्न, सदस्यहरूलाई उनीहरूको क्षेत्रमा व्यावसायिक विकासको लागि स्रोत र समर्थन प्रदान गर्न, अवसरहरूको लागि सदस्यहरू बीच नेटवर्किङ सम्भावनाहरूलाई प्रोत्साहित गर्न भूमिका खेल्ने विश्वास लिइएकाे छ । प्रेस क्लबले मिडिया समुदायलाई बलियो बनाउन र पत्रकारिताको गुणस्तर र महत्त्वलाई प्रवर्द्धन गर्ने काममा मद्दत गर्ने छ ।