15.6 C
New York
Monday, May 11, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा हार्मोनियम तथा मादल बजाउने तालिम सम्पन्न

- Advertisement -

बर्दघाट, नवलपरासी । २७बैशाख २०८३ ।
पञ्चनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा हार्मोनियम तथा मादल बजाउने तालिम सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नं. १०, मौराहाटाँडीस्थित सभाहलमा २०८३ वैशाख १३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त तालिम बर्दघाट नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा सम्पन्न गरिएको हो ।
तालिम समापन कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा संस्थाका सभापति आत्माराम खनालको अध्यक्षता रहेको थियो ।
विशिष्ट अतिथि वडा नं. १० का वडा अध्यक्ष राजु मिश्र   प्रशिक्षकद्वय बसन्त रेग्मी र लोक जी मिजार प्रशिक्षार्थी द्वय विष्णु अधिकारी र मिना वस्ती लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले लोक संस्कृति संरक्षण तथा मानसिक तनाव कम गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी दिनमा एडभान्स तालिमसमेत सञ्चालन गरिने जानकारी दिँदै “एक घर, एक करेसाबारी” अभियान अन्तर्गत अर्गानिक तरकारी उत्पादन तथा उपभोगलाई पनि प्राथमिकता दिइएको बताउनुभयो । अर्गानिक तरकारी सेवनमार्फत बिभिन्न रोग न्यूनीकरण गर्ने हुदा  नगरपालिकाले यो अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।
तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीमध्ये मादलतर्फ वन्दना तिवारी र हार्मोनियमतर्फ विन्दु कुँवरलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन राम प्रसाद पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य पवित्राले राख्नुभएको थियो । तालिममा ३७ जनाकाे सहभागीता रहेको विष्णु रत्न पाैडेलले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme