प्रहरीद्वारा ६ लाख मुल्यको सुर्ती बरामद

9
संजय कुशवाहा / नवलपरासी साउन २२
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट ६ लाख मूल्यको अबैध सुर्ती प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.५ चमनटोलमा भारतबाट अबैध रुपमा ल्याई राखेको ६० बोरा प्रति बोरामा २५ किलो को दरले (१५ क्विन्टल ) सुर्ती प्रहरी चौकी गेर्मी बाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त सुर्ती प्रति किलो ४ सयको दरले ६ लाख बराबरको मुल्य रहेको छ । सुर्ती कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।