प्रहरीको सुरक्षाबीच राजपाको टिकट वितरण

11

काठमाडौं– राजपा नेपालले स्थानीय तहको चुनावका लागि अझै उम्मेदवारको टुंगो लगाएको छैन ।
जिल्ला–जिल्लाबाट छनौट भएर आएको उम्मदवारको नामावलीमाथि अध्यक्ष मण्डलले तीनदेखि छलफल गरिरहेको भएपनि अझै टुंगो लाग्न नसकेको हो ।
टिकटको आशमा मधेशबाट काठमाडौ आएकाहरुले टिकटको टुंगो चाँडो लगाउन दवाव दिइरहेका छन् ।
बबरमहलस्थित पार्टी कार्यालय र त्यसवरपर उम्मेदवारका आकांक्षी तथा समर्थकहरुको भीडभाड रहेको छ । उनीहरुले आआफ्नो पक्षले टिकट पाउनुपर्छ भनि अध्यक्ष मण्डललाई दवाव दिइरहेका छन् ।
सोही दवाव दिने क्रममा पार्टी कार्यालयमा झडप पनि भएको बताइएको छ ।

झडपपछि कार्यालय परिसरमा प्रहरी परिचालन भएको छ । अध्यक्ष मण्डलका सदस्यहरुले प्रहरीको कडा सुरक्षाका बीचमा टिकटको लागि छलफल गरिरहेका छन् । दोस्रो तल्लामा अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने तल कार्यकर्ता तथा नेताहरु टिकटको घोषणा कतिखेर हुन्छ भनि प्रतिक्षा गरेर बसिरहेकाे खबर राताेपाटीमा छापिएकाे छ ।