उमेश बि.क / सरावल,१८ पुस
नवलपरासीको सरावल गाउँपालिकामा ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता–२०७५’’ अाजदेखि सुरु भएको छ । सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको मुख्य आयोजना एंव सरावल गाउँपालिकाको सहयोगमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीता अाज देखि सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित हिमालय युवा क्लब सरावलकाे खेल मैदानमा सुरु भएको हाे ।
सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा एवम् गाउँपालिका उपाध्यक्ष उतमा रायको बिशिस्ट अातिथ्यतामा खेल सुरु भएको हाे।
प्रतियोगिताको उद्घाटन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिन्छ त्यसकारण खेलमा रुचि साथ लाग्न जरुरी छ। साथै खेलकाे माध्यमबाट शारीरिक विकासकाे साथ साथै एक आपसमा प्रेमकाे भावना बिकास हुन्छ र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले पहल गर्ने र खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथिको रुपमा रहनुभएका गाउँपालिका उपाध्यक्ष रायकोले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।
प्रतियोगितामा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत झबिश्वर रेग्मी ,अादिबासि जनजाति अध्यक्ष देवराज चाैधरी,सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गाैतम,सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल गाेबरहिया प्र.अ सुखाडि प्रसाद चाैधरी ,सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको सचिव लाेकेन्द्र बहादुर क्षेत्री ,पत्रकार उमेश बि.क लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे।
साे खेलकुद प्रतियाेगितामा नवलपरासी ,रुपन्देही र नवलपरासी पुर्व (कावसाेति) गरि १६ अाेटा फुटबल समुहको सहभागिता रहेकाे छ । अाज सरावल गाउँपालिका फुटबल क्लब र द युनिटि फुटबल क्लब खैरेनि बिच भएको खेलमा ० काे बिरुद्ध १ गाेलले द युनिटि फुटबल क्लब खैरेनि बिजय भएको छ ।
प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले शिल्ड, मेडल, प्रमाण–पत्रको साथमा क्रमश नगद रु.१ लाख २५ हजार र ७५ हजार पुरस्कार पाउनेछ । त्यसैगरी अन्य विधाहरु अनुशासित टिम लगायत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्तीलाई पनि पुरस्कार राखिएको छ ।