प्रतापपुरमा सहभागितामुलक ग्रामीण लेखाजोखा सम्पन्न

113

प्रतापपुरमा सहभागितामुलक ग्रामीण लेखाजोखा सम्पन्न

उमेश बि.क / नवलपरासी , २४ पुस

नवलपरासीको प्रतापपुर गाउँपालिकामा ३ दिनदेखि सन्चालित सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम अाज सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिका काे स्थानीय बासिन्दाहरुकाे मातृत्व ,पाेषण ,किशोर किशोरीहरुको याैन तथा प्रजनन स्वास्थ्य सम्बन्धि समस्याहरुकाे कारण तथा शिक्षा , जिबिकाेपार्जन बस्तुस्थितिलाई पता लगाउने उद्देश्यले युनाइटेड मिसन टु नेपालको अायाेजनामा गरिएको सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम अाज सम्पन्न भएको हाे।

सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटाेल , वडा नं. ६ कठहवा र
वडा नं. ४ ठुलोखैरेटवा र पचपेडवामा गरिएको हाे।

कार्यक्रममा युनाइटेड मिसन टु नेपालको स्वास्थ्य परियाेजना म्यानेजर रक्षा निराैला, परियाेजना ब्यवस्थापक ईश्वर के.सि, लैङ्िगक समानता तर्फकि हेसाे,गाेपाल तामाङ, कमला फुल्देल,साधना भर, काेपिला भर,दिपक गुप्ता ,रंगिता बि.क,सुरज कुमार गुप्ता , सन्दिप बि.क र स्थानीय बासिन्दा ,स्वास्थ्यकर्मी , महिला, बालबालिका लगाएतकाे सहभागिता रहेकाे थियाे।