पुष्प चौधरी सम्मानित भए

9

कारी महतो चितवन
थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई पनि विदाई गरिएको छ ।

बैठकबाट चार सदस्यीय सल्लाहकार समिति मनोनित गरिएको छ । सल्लाहकारमा ओम प्रकाश चौधरी (पर्सा), विनोद चौधरी (सुनसरी), अमर बहादुर चौधरी (कैलाली) र दिपनारायण चौधरी (सुनसरी) रहेका छन् ।

त्यस्तै बैठकले थाकस दक्षिण कोरियाको कोषमा रहेको रकम थाकसका सदस्यहरुलाई आवश्यक परेको समयमा चलाउन दिनका लागि तीन सदस्यीय आर्थिक समिति गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा लिलाकान्त चौधरी (चितवन), विनोद चौधरी (सुनसरी) र विपिन चौधरी (चितवन) रहेका छन् ।

थाकस दक्षिण कोरियाको नवनिर्वाचित अध्यक्ष शिव चौधरीको अध्यक्षतामा भएको बैठक र सम्मान तथा विदाई कार्यक्रममा दोश्रो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि ज्ञापन गरेको छ ।

बैठकमा थाकस दक्षिण कोरियाका निवर्तमान अध्यक्ष पुष्प चौधरी (सप्तरी) ले थाकस दक्षिण कोरियालाई सहयोग स्वरूप १,७०,००० वोन र सदस्य राज वन्धु महतो (पर्सा) ले सहयोग स्वरूप ५५,००० वोन प्रदान गरेको कुरा नवनिर्वाचित अध्यक्ष शिव चौधरी (चितवन) ले जानकारी गराउनु भयो ।