उमेश वि.क, सरावल /असार २,२०७५
नवलपरासीको सरावल गाउँपालिका ५ दुबाैलियामा पुर्ण सरसफाइ अभियान कार्यक्रम अाजदेखि सुरु गरिएको छ । वडा नं.५ काे आयोजनामा उक्त पुर्ण सरसफाइ अभियान कार्यक्रम वडा नं. ५ काे अध्यक्ष दिनेश सहानिकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यतामा पुर्ण सरसफाइ अभियान कार्यक्रम अन्तरर्गत वडा नं. ५ का सानाे दुबाैलिया ,कछरहवा,बड्हरा,ठुलो दुबाैलिया,धनगडवा,फुलबारीया,जितपुर लगाएतका टाेलहरुमा सरसफाइ कार्यक्रम अाज सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले पुर्ण सरसफाइ संगै सरावल ५ नं. वडा अव सम्बृद्धि तर्फ लम्केको हुँदा पुर्ण सरसफाइ अभियानलाई निरन्तरता दिन वडाबासीलाई अनुरोध गर्नुभयो । बर्षाको आगमन सँगै ग्रिन र क्लिन सिटि बनाउनलाई आफ्नो टोलमा बोटबिरुवाहरु रोप्न, चर्पीको समुचित प्रयोग र सरसफाइ सम्बन्धी आनीबानीमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
साे पुर्ण सरसफाइ अभियान कार्यक्रममा सरावल गाउँपालिका वडा नं. ५ काे अध्यक्ष दिनेश सहानि ,गाउँपालिका कार्यकारी अधिकृत झबेश्वर रेग्मी,याेजना प्रमुख भिमदेव भट्टराई ,सरावल बाल सन्जाल अध्यक्ष सन्दिप बि.क.,वास प्रतिनिधि,स्थानिय गाउँबासि ,समाजसेवी लगाएतका ब्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे।