नेपाल र भारत बिचको सम्बन्ध प्रगाढः नेता कण्डेल

13

नवलपरासी, १३ माघ ।

भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा नवलपरासीको सिमाना भारतको ठुठीबारीको राधाकुमारी ईन्टर कलेजमा एक बिशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देबेन्द्रराज कण्डेलले नेपाल र भारत बिचको सम्बन्ध प्रगाढ रुपमा अघि बढिरहेको बिचार ब्यक्त गर्नुभएको छ ।

प्रतिनिधी सभाका नवनिर्वार्चीत सदस्य समेत रहनुभएका कण्डेलले नेपाल र भारत बिचको सम्बन्ध ईतिहास देखीनै रहीआएको जिकीर गर्दै यो सम्बन्धलाई अझ निकट बनाउनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

बिशेष कार्यक्रममा बोल्दै नेता कण्डेलले नेपाल र भारत बिच रोटी बेटीको सम्बन्ध रहेकाले आगामी दिनमा नेपाल र भारत बिच अझ बढी निकट सम्बन्ध बन्ने बिस्वास ब्यक्त गर्नुभयो ।

भारतले नेपालकालाई बिभिन्न शिक्षा स्वास्थ्य बिकास लगायतका क्षेत्रमा गर्दै आएको सहयोगग प्रति प्रशंन्शा गर्दै नेता कण्डेलले आगामी दिनमा पनि नेपालको बिकासकालागी भारतको सहयोग आवश्यक रहने बिचार राख्नुभयो ।