नेपाल रेडक्रस साेसायटी बालपुरी उपशाखाकाे कार्यालय उदघाटन तथा कम्मल वितरण

8
उमेश बि.क २८ माघ, नवलपरासी
सरावल गाउँपालिका वडा नं ३ भिमटाडीमा अाज नेपाल रेडक्रस साेसाइटि बालपुरी उपशाखाकाे कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
बालपुरी उपशाखाकाे अध्यक्ष प्रदिप कुमार अग्रहरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीकाे बिशेष अातिथ्यतामा कार्यालय उदघाटन तथा सितलहर पिडित अति बिपन्न परिवारलाई कम्मल बितरण कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले सेवामुखि खाेलिएकाे यश संस्थाले समाजिक कार्यलाई निरन्तरता दिदै अाइरहेकाे प्रशांसा गर्दै अझै अगामि दिनमा जननिकट हुदै समाजिक सेवाकाे कार्य अगाडि बढाउदै जाने र गाउँपालिकाबाट चाहिने अावश्यक सहयोग र साथ हरपल दिने कुरामा जाेड दिनुभएको थियाे।
त्यस्तै कार्यक्रमकाे बिशेष अतिथि प्रशासकीय अधिकृत रेग्मीले नेपाल रेडक्रस साेसाइटि बालपुरी उपशाखाबाट असहाय बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु कम्मल बितरण कार्यक्रम अायाेजना गरेकाे प्रशांसा ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुमा हरेक संघ संस्था चासाे राख्दै मानवीय कल्याणमा जुट्न सबैलाई अाग्रह समेत गर्नुभएको थियाे। कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा महामन्त्री ऋषिराम सुवेदी, वडा न. ३ वडा अध्यक्ष अणेन्द्र राय, वडा न. ३ वडा अध्यक्ष छाेटेलाल यादव, बुद्धज्याेति अधारभुत बिद्यालय प्र.अ बिनाेद पाण्डे, समाजसेवी जनमेजय यादव, चिरञ्जीवी अर्याल, पहलाद पासवान, सीता शर्मा, स्टार लाईट बाेर्डिङ्ग स्कुल प्रिन्सिपल शुसान्ता शर्मा घिमिरे, सन्जय माैर्य, बिष्णु प्रसाद भट्टराई, दिपक भुषाल लगाएको सहभागिता रहेको थियाे।
कार्यक्रममा सरावल गाउँपालिका वडा नं. १ देखि ४ सम्मका बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका र असहाय ४० जना ब्यक्तिलाई कम्मल बितरण गरिएको हाे । कम्मल पाएपछि बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका र असहाय ब्यक्तिहरु खुशी भएका छन् । उनिहरुले नेपाल रेडक्रस साेसाइटि बालपुरी उपशाखाले दिएको यो सानो सहयोग आफ्नो लागी ठुलो भएको बताए ।