9 C
New York
Tuesday, May 12, 2026

Buy now

spot_img
spot_img

नेपाल–भारत स्वास्थ्य सहकार्य थप सुदृढ बनाउने विषयमा मन्त्री मेहता र भारतीय राजदूतबीच भेटवार्ता

- Advertisement -

काठमाडौं, वैशाख २९ । माननीय स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच आज मन्त्रालयमा सौहार्दपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा नेपाल र भारतबीच लामो समयदेखि कायम रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यका विविध पक्षबारे गहन छलफल भएको थियो।

सो अवसरमा महामहिम राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो।

भेटवार्तामा नेपालको राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासका क्षेत्रमा आगामी दिनमा भारतीय सहयोगलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सकारात्मक विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme