1.5 C
New York
Thursday, February 6, 2025

Buy now

spot_img
spot_img

नेपाल प्रहरीमा ४ जना एआईजी बढुवा सिफारिस

spot_img
spot_img

२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा थप चार जना बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको निर्णयअनुसार गृह मन्त्रालयले चार जना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठ छन् । सिफारिस अनुसार बढुवाको निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नु पर्दछ ।

पालले कुल १ सय पूर्णांकमा ७५ दशमलव ३४४ अंक पाएका छन् । उनको दरबन्दी प्रहरी प्रधान कार्यालय नक्शालस्थित विशेष व्यूरोमा छ । यसैगरी पुडासैनीको दरबन्दी प्रहरी प्रधान कार्यालय कार्य विभागमा, नेपालको तालिम निर्देशनालयमा र श्रेष्ठको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा दरबन्दी छ ।

यसअघि ७ जना एआईजी दरबन्दी भएकामा गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११  पुर्याइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा अाफैले गृहमन्त्रालय सम्हालेको बेला फेरि ४ जना थपेर बढुवा सूची सार्वजनिक गरिएको छ । यससँगै प्राविधिकसहित एआईजीको दरबन्दी १६ पुगेको छ । साभारः अनलाइन खबर

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme