काठमाडौँ —
गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको समाचार आइरहेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीनबीच कुनै प्रकारकाे सीमा विवाद नरहेकाे बताएकी छन् ।
दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी विचार सार्वजनिक गरेकी छन् ।
नेपाल सरकारले सीमा विवादबारे अध्ययन गरेकाे प्रतिवेदन टाेलीकाे गठन, साे टाेलीले गृहमन्त्रीलाइ बुझाएकाे प्रतिवेदनका साथै देश विदेशका थुप्रै मिडियामा उठेका नेपाल चीन सीमा विवादलाइ बेवास्ता गर्दै राजदूत होउले दिएकाे अभिव्यक्तिलाइ निराधार रहेकाे टिप्पणी गरिन थालिएकाे छ । उनकाे यस भनाइले नेपालचीन सम्बन्धमा चिसाेपन ल्याउन सक्ने बताइएकाे छ ।





