नेपाली काङ्ग्रेस पार्टीको कोणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

62

श्याम थापा, सुस्ता १० मंसिर ।

नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँठाउँमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिमका निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार र निर्वाचन क्षेत्र न.१ ख का प्रदेश सभाका उम्मेदवार मुकुल कुमार आचार्यले प्रतापपुर गाउँपालिकाको वार्ड न ५ का बैदौलीको विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरि प्रतापपुर गाउँपालिकाको बैदौलीमा कोणसभामा सम्पन्न गरेका छन ।

कोणसभा कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा ३० जनाले पार्टी परिवेश गरेका छन । कोणसभा कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादवले मधेस र मधेसी जनताहरुको समस्याहरुको समाधान नेपाली काङ्ग्रेस पार्टी बाहेक अरु कुनै पार्टीले नगर्ने भएको कारणले नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुलाई बिजयी गराउन मतदाताहरुसंग आग्रह गर्नु भएको छ ।

त्यस्तै प्रदेश सभा ख का प्रदेश सभा सदस्यका उम्मेदवार मुकुल कुमार आचार्यले मधेसमा रहेको नागरिकताको समस्यालाई नेपाली काङ्ग्रेसले नै समाधान गर्ने र युवाहरु बिदेश पलायन हुनेमा रोक लगाइ स्वदेशमै युवाहरूलाई रोजगारको ब्यवस्था पनि नेपाली काङ्ग्रेस पार्टीले नै गर्ने उहाँले बताउनु भयो ।

नेता कलवारले देशमा लोकतन्त्र बचाई छिमेकी राष्ट्रहरुसंग सम्बन्ध प्रगाढ गराउने पार्टी भनेको नेपाली काङ्ग्रेस पार्टी मात्र रहेको र यो देशको निकास साथ साथै बिकासको लहर ल्याउन नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुलाई अत्याधिक मत दिई बिजयी गराउनको लागि मतदाताहरुसंग आग्रह गर्नु भएको थियो ।

त्यस्तै गरि बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न १ नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम बर्दघाट नगरपालिका वार्ड न १३ को चौपतामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका निर्वाचन क्षेत्र न १ को प्रचारप्रसार समितिका संयोजक लाल बहादुर गुरुङको अध्यक्षता तथा नेपाली काङ्ग्रेस पार्टीका नेता एवम पुर्व सांसद धनराज गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा करिब २ हजार अगुवा कार्यकर्ताहरुको सहभागिता रहेकोे थियोे ।

सो प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेसका नेता एवम पुर्व सांसद धनराज गुरुङले गर्नु भएको थियो । भने त्यस्तै बर्दघाट नगरपालिका वार्ड न १४ मा रहेको एकता महिला समुहले बर्दघाट सुस्ता पश्चिमको निर्वाचन क्षेत्र न १ मा नेपाली काङ्ग्रेस पार्टीबाट उम्मेदवार दिनु भएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवकरण प्रसाद कलवार, प्रदेश सभा क का प्रदेश सभा सदस्य उम्मेदवार बिक्रम खनाल, प्रदेश सभा ख का प्रदेश सभा सदस्य मुकुल कुमार आचार्य लगायतले बाेलेका थिए ।

नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादव, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य बिश्व प्रेम पाठक, नेपाली काङ्ग्रेस पार्टीका जिल्ला सदस्य कुलदिप आचार्य र नेपाल महिला संघ जिल्ला कार्यसमिति नवलपरासीका सभापति कमला पराजुली तिवारी लगायत अन्य ब्याक्तीहरुलाई दोसल्ला ओडाई सम्मान गरेका छ्न ।

भने बर्दघाट नगरपालिका वार्ड न १५ को तेलाहामा निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम पुर्व सांसद कलवारले मतदाताहरुको विभिन्न समस्याहरु बारे छलफल गर्नु भएको छ ।