नेपाली कांग्रेस प्रदेश महामन्त्री विक्रम खनाल र जिल्ला सचिव यादवलाइ बहिष्कार गरिने

194

नवलपरासी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, नवलपरासी जिल्ला सचिव उमेश चन्द्र यादव र प्रदेश ख क्षेत्रीय सभापति अनुरेश जैसवालहरु उपस्थित रहेकाे पार्टीको जुनसुकै कार्यक्रमहरु बहिष्कार गर्न आह्वान गर्दै निजहरूलाइ कार्वाहीकाे लागि केन्द्रिय अनुशासन समितिलाई माग गरिएकाे छ ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला सदस्य सञ्जयमणि त्रिपाठी संयोजक रहेकाे कार्यदलले आज असाेज १४ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी सार्वजनिकिकरण गरिएकाे हाे । विज्ञप्ति नेपाली कांग्रेस सुस्ता गाउँपालिका सभापति तथा कार्यदल सदस्य रविन्द्र जैसवाल र नेपाली कांग्रेस प्रतापपुर गाउँपालिका कार्यवाहक सभापति तथा कार्यदलका सदस्य राजु अधिकारीद्वारा संयुक्त हस्ताक्षरित रहेकाे छ ।

असाेज १२ गतेका दिन नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं. १ मा संचालन भइरहेको नेपाली कांग्रेसकाे क्षेत्रीय भेलामा प्रदेश ख का क्षेत्रीय सभापती अनुरेश जैसवालले गुण्डागर्दी शैलीमा नेपाली कांग्रेसका जिल्ला सदस्य सतिष चाैधरीमाथि अभद्र व्यवहार गरेका थिए । साे भेलामा सहभागी रहेका प्रदेश महामन्त्री विक्रम खनाल र जिल्ला सचिव उमेशचन्द्र यादवले अवस्था सहज र शान्त बनाउनुको साटाे उल्टै अश्लिल र सुन्न नसकिने अत्यन्तै तुच्छ शब्दको प्रयोग सहित गाली गलौज गरेकाे आराेप लगाइएकाे छ । जिल्ला सचिव रहेका प्रतापपुर गाउंपालिका अध्यक्ष यादवले नाङ्गो प्रवृत्ति देखाउनुका साथै गाउँपालिकाको रवाफ र शान देखाउँदै पार्टीको कार्यक्रममा नगर प्रहरीको प्रयोग गर्ने जस्तो घृणित कार्य गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यस घटनालाइ लिएर २०८० असाेज १३ गते बसेको सुस्ता र प्रतापपुर गाउँपालिकाका नेपाली कांग्रेसका वडा सभापतिहरु, गाउँपालिका सभापतिहरु र पार्टीका अन्य तहगत जिम्मेवार नेता तथा कार्यकर्ताहरू सहभागी रहेकाे बैठकबाट कार्यदल गठन गरिएको र उल्लेखित घटनाको आत्मआलोचना गर्दै सार्वजनिक रुपमा क्षमायाचना नगर्दासम्म प्रदेश महामन्त्री विक्रम खनाल, जिल्ला सचिव उमेशचन्द्र यादव र प्रदेश ख क्षेत्रीय सभापति अनुरेश जैसवालहरु उपस्थित हुने पार्टीको जुनसुकै कार्यक्रमहरुमा सहभागी नभई वहिष्कार गर्नको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आह्वान गर्ने निर्णय सहित आवश्यक कारवाहीको लागि नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिलाई अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

असाेज १२ गतेका दिन सौहार्द्रपूर्ण वातावरणमा संचालन भइरहेको क्षेत्रीय भेलामा प्रतापपुर गाउँपालिकाका सह–सचिव निवास यादवले भाषण गर्ने क्रममा पार्टीलाई आघात पर्ने र हित विपरितका शब्दहरु व्यक्त गरेको हुनाले आम भेलामा पार्टीको हित विपरितका कुराहरु व्यक्त गर्नु राम्रो होइन भनि सम्झाउन लाग्दा नेपाली कांग्रेस निर्वाचित जिल्ला सदस्य सतिश चन्द्र चौधरी लगायत पार्टीका अन्य जिम्मेवार साथीहरु प्रति गरिएका दुर्व्यवहार र प्रयाेग गरिएका अभद्र शब्दहरू प्रति खेद प्रकट गर्दै उक्त क्रियाकलाप प्रति गम्भिर आपत्ती व्यक्त गर्दछौं, प्रेस विज्ञप्तिमा भनिएकाे छ । भेला क्षेत्रिय सभापती श्री मुकुल कुमार आचार्यको सभापतित्व सञ्चालित थियाे ।

यसरी पार्टीलाई सधै आफ्नो व्यक्तिगत वक्यौता सम्झने र पार्टीका हरेक क्रियाकलापमा सामन्तवाद र हैकमवाद देखाउँदै आएका प्रदेश महामन्त्री विक्रम खनाल, जिल्ला सचिव उमेशचन्द्र यादव र प्रदेश ख का क्षेत्रीय सभापती अनुरेश जैसवालहरुले गरेको घृणित क्रियाकलापका कारण तिनैजना उपस्थित रहेकाे कार्यक्रम बहिष्कार गर्नुका साथै तिनैजनालाइ कार्वाही गर्न नेपाली कांग्रेसकाे केन्द्रिय अनुशासन समितिलाइ माग गरिएकाे छ ।