नेपाली कांग्रेसकाे चुनाव प्रचार कार्यालय उद्घाटन

53

उमेश बि.क, नवलपरासी/कार्तिक २६ ।

अासन्न प्रदेश सभा तथा प्रतिनिधि सभाकाे निर्वाचनकाे मध्येनजर प्रचारप्रसार तिब्र बनाउदै गरेका राजनीतिक दलहरूले अा अाफ्ना सम्पर्क कार्यालय खाेल्ने क्रम अहिले तिब्र बनाएका छन ।

नवलपरासीमा नेपाली कांग्रेस, राजपा नेपाल, वामगठबन्धन र संघिय समाजवादी लगायतका पार्टीहरूले जिल्ला कार्यालयका साथै प्रदेश सभा र प्रतिनिधि सभा स्तरमा पार्टी कार्यालय खाेल्न थालेका हुन ।

नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ५ दुबाैलिया, वार्ड नम्बर ६ मधवलिया र वार्ड नम्बर ७ भुजहवामा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार कार्यालय खोलेको छ । प्रचार प्रसारलाइ प्रभावकारी बनाउन तथा जनताकाे पहुचका लागि वार्डहरुमा प्रचार प्रसार समिति गठन गरि कार्यालय खोलेको जनाइएकाे छ ।

नवलपरासीकाे बर्दघाट सुस्ता पश्चिमकाे निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा पर्ने सरावल गाउँ पालिका वार्ड नम्बर ५,६ र ७ मा नेपाली कांग्रेसको वृहद प्रचार प्रसार र चुनाव आफनो पक्षमा पर्ने उद्देश्यले प्रचार प्रसार कार्यालय खोलि एक कार्यक्रम बिच कार्यालयको कार्यक्रम प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल गाैडद्धारा उद्घाटन गराइएको हो ।

उक्त निर्वाचन क्षेत्रको प्रतिनिधि सभामा कांग्रेसबाट पुर्व सांसद देवकरण कलवार (सन्तु), प्रदेश सभामा पुर्व सांसद बिक्रम खनालको उम्मेदवारी रहेको छ । यस प्रदेश सभामा नेपाली कांग्रेस र बाम गठबन्धनको दुई पक्षिय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ तर यस क्षेत्रमा कांग्रेसलाई बलियो मानिएको छ ।

कार्यक्रमा कार्यक्रम प्रमुख अतिथि नेता गाैड, प्रदेश सभाका उम्मेदवार पुर्व सांसद बिक्रम खनाल, सामानुपातिक उमेदवार नन्दु चाैधरी, नेता सुबाषचन्द्र गिरी, महाधिवेशन प्रतिनिधि सुखाडि प्रसाद चाैधरी, नेता उमेशचन्द्र यादव, नेपाली काङ्ग्रेस महादिबेसन प्रतिनिधि श्रवण कुमार कुश्वाहा, नेपाली काङ्ग्रेस सरावल गाउँ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा विभिन्न पार्टीबाट नेपाली काङ्ग्रेसमा समायाेजित भएका २५० जनालाई दाेसल्ला अाेढाई सम्मान एवम् स्वागत गरिएको छ।