संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपतिकाे शुभकामना

12

असोज ३ गते नेपाल र नेपाली जनताले संविधान दिवश मनाउँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना पठाएका छन् । शुभकामना मार्फत उनले संविधान दिवशको बधाइ दिँदै उक्त दिन नेपालीहकाे महान दिन भएको बताए ।

संयुक्त राज्य अमेरिकाका नागरिकहरू नेपालको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहेको उल्लेख गरेका छन् । यस्तो महत्त्वपूर्ण दिन मनाएयता नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको भन्दै भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको र लाखौँ नेपाली नागरिकहरूको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको बताएका छन् ।