नवलपरासी, मंसीर २१ ।
नवलपरासी बसुप प्रतिनिधि सभा १ मा १०२ वर्षिया वृद्धाले मतदान गरेकी छन् ।
प्रतापपुर गाउपालिका वडा नं. ६ स्थित जन जागृति मावि गुठी परसौनीमा कठहवाकी १०२ वर्षिया वृद्धा झउली देवी हरिजनले छोराको सहारामा मतदान गरेकी हुन् ।
उनी यस अघिका सबैजसो निर्वाचनमा मतदान गरेकी छन् । उनी आफु यसपालीको मतदान पनि उत्सुक भएर गरेकी हुन् ।
त्यस्तै, नवलपरासीमा अशक्त, विरामीले समेत मतदान गरेका छन् ।