डुंगाबाट ल्याइदै सुस्ताकाे मतपेटिका, ८४ प्रतिशत मतदान

8
File pic

नवलपरासी, मंसीर २१ ।

नवलपरासी बसुप प्रतिनिधि सभा १ मा रहेको सुस्ता गाउंपालिकाको नारायणी नदी पारीको मतदान केन्द्रमा सबभन्दा बढी ८४ प्रतिशत मतदान भएको छ ।

शान्तिर्पुण रुपमा सम्पन्न भएको मतदानमा २५० जनाले मतदान गरेका छन् । मतदान पश्चात मतपेटिका डुंगामा राखेर नदी तारिएको छ । मतदानका लागि खटिएका सबै कर्मचारीहरु पनि डुंगाबाट नै पुगेका थिए । केहीले आफु त पहिलो पटक सुस्ता पुगेको र पहिलो पटक नै डुंगा चढेको अनुभव सुनाए ।

नारायणी नदी पारी रहेको सुस्ता गाउंपालिकाको वडा नं. ५ को सुस्ता टोलमा रहेको त्यस मतदान केन्द्रमा कुल २ सय ९८ जना मतदाता रहेको मतदान अधिकृत आनन्द प्रसाद शर्माले जनाएका हुन ।

यस अघिको स्थानीय तहको मतदानमा समेत सकृय सहभागिता जनाएका सुस्तावासीहरु यस पटक पनि आफ्ना नेता चयन गर्न हौसिएका थिए ।
भौगोलिक रुपमा आवतजावतका लागि विकट रहेको सुस्तामा नारायणी नदी तर्न डुंगा नै आवतजावतको एकमात्र विकल्प हो ।