नवलपरासीमा सवारी दुर्घटना, २ जना घाइते

7

सहबान अन्सारी, असाेज १६ नवलपरासी ।

नवलपरासीको बैदौली स्थित गण्डक नहरसंगैकाे पिच सडकमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जना भारतीय नागरिक गम्भिर घाईते भएका छन् ।

झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुर गाऊपालिका वडा नं. ५ बैदौलीमा साेमवार बिहान झुलनीपुर देखी प्रतापपुरतर्फ जादै गरेको यु.पी.५३ सी.एफ. ५५३६ नम्बरको भारतिय मोटरसाईकल गाई बचाउने क्रममा अनियन्त्रित भइ दुर्घटना भएकाे हाे । दुर्घटनामा मोटरसाईकल चालक गोरखपुर (भारत) बस्ने ४५ बर्षिय रामानन्द पासवान र मोटरसाईकलमा सवार बिरेन्द्र यादव गम्भिर घाईते भएका छन ।

घाईतेलाई स्थानिय क्लिनिकमा उपचार भईरहेको सशस्त्र प्रहरी बोर्डर आऊट पोस्ट गुठी परसौनीले जनाएको छ । माेटरसाइकल प्रहरीको नियन्त्रणमा रहेकाे छ ।