अनिल यादव, नवलपरासी, २९ भदौं ।
उपभाेक्ताकाे स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने गुणस्तरहिन खाद्यबस्तुको बजारमा विगविगि भएको छ । मानिसले दिनहु उपभोग गर्ने वस्तुमा व्यावसायीले ग्राहक लाई ठग्ने गरेको अनुगमनकाे क्रममा पाइएकाे छ ।
खास गरेर ग्राहकहरुले खाने मालसमान किन्ने समयमा त्यो गुणस्तरहिन छ कि ? खान मिल्ने हो कि हाेइन ? त्यति ख्याल नगरी किन्ने गरेकाले पनि ठगी बढेकाे अनुगमनकर्ताहरूकाे बुझाइ छ ।
नवलपरासीकाे सदरमुकाम परासीमा दशैं तथा चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गर्दा यस्ताे अवस्था उजागर भएकाे हाे । खासगरी किराना पसल र मिष्ठानका साहुहरुले ग्राहकहरुलाई ठगि गर्दै म्याद गुज्रिएका सामानहरु बेच्ने गरेको पाईएको छ ।
५ किराना पसल, ४ मिष्ठान भण्डार र १ कोल्ड ड्रिंक्स गरी १० पसलहरुको अनुगमनमा सबै भन्दा बढि कोल्ड ड्रिंक्सको बेच्ने समय अवधि भ्याईसकेको पाईएको थियो । त्यस्तै बच्चाहरुले खाने कुरकुरे, चिजबल्स, मसला, ब्रेड र पपको समय अवधि नरहेको तथा लेबल नभएको, चुरोट र नेपलमा रोक लगाईएको भारतिय बजारको चक्र तेल लगायतको समान अनुगमनमा बरामत गरी नष्ट गरिएको छ ।
अनुगमन गरिएका पसलहरुमा रक्ष शुभ जनरल स्टोर, विश्व जनरल स्टोर, जितराम जनरल स्टोर, भण्डारी किराना पसल, एस के जनरल स्टोर, जैसवाल कोल्ड्रिंक्स र मिष्ठानमा लक्ष्मि मिष्ठान भण्डार, रिद्धिसिद्ध मिष्ठान भण्डार, पशुपत्ति मिष्ठान भण्डार र गणेश मिष्ठान भण्डारमा अनुगमन गरीएको थियो ।
संयुक्त बजार अनुगमन समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गनाको अगुवाईमा गरीएको अनुगमनमा रामग्राम उद्योग विकाश शाखाका प्रमुख नन्दलाल पौडेल, उपभोक्ता हकहित संरक्षणका हरी यादव,खाद्य प्रविधि तथा गुणस्तर निरक्षण कार्यालयका विक्तम लिम्बु, रामग्राम नगरपालिका बाल अधिकृत बालगोविन्द त्रिपाठी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
त्यस्तै भदौ २८ गतेका दिन नेपाल सरकार बाणिज्य तथा आपुर्ति मन्त्रालय आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभाग नवलपरासीको नेतृत्वमा खटिगएको अनुगमन टोलीले सुनवल नगरपालिकाका बिभिन्न होटेल, किराना पसल र डिलरमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा म्याद नाघेका पेयपदार्थहरु, घरेलु मदिरा, उत्पादन मिति उल्लेख नभएका खाद्य पदार्थहरु जफत गरी इलाका प्रहरी कार्यालय सुनवलमा नष्ट गर्नुको साथै २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको अनुगमन टोलीले जनाएको छ । सो क्रममा ४० लिटर अबैध मदिरा नष्ट गरिएको थियो ।
घरेलु तथा साना उद्योग नवलपरासीका प्रमुख नन्दलाल पौडेलको संयोजकत्वमा गएको उक्त अनुगमन टोलीमा जिल्ला प्रसासान कार्यलयका बिनोद खनाल, उद्योग बणिज्य संघका भुवन ज्ञवाली, सुनवल नगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक शोभाखर ज्ञवाली, उपभोक्ता हित संरक्षण मंचका मुकुन्द बेल्बासे, पत्रकार दिपक खनाल लगायतको सहभागिता रहेको थियो ।