नवलपरासीमा प्रहरीद्वारा १लाख १ हजार बराबरको मालसामान नियन्त्रणमा

12

संजय कुशवाहा / प्रतापपुर जेठ २१

पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सरावल गाउपालिका वडा न.६ बड्सारेबाट बुधबार प्रहरी चौकी महेशपुरले करिब १ लाख १ हजार ३ सय ८० मुल्य बराबरको मालसामान नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।
उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि सामान फालेर भागेका थिए ।
सकृय बन्दै गएकाे सिमा प्रहरी चौकी महेशपुरको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो ।

सिमामा अनियन्त्रित बनेकाे तस्करीमा
नेपालबाट भारत तर्फ तथा भारतबाट नेपालतर्फ अवैध रूपमा मटर (केराउ ) साडी,लेडिज कुर्ता ,जेन्स भित्री कपडा ,धनियाको बिउ लगायत सामानकाे तस्करिकाे बिगबिगि छ । यश अघि पनि भारी मात्रामा तस्करिका सामान प्रहरिले फेला पारेकाे थियाे ।

उक्त मालसामान आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।