रंजीत शर्मा / नवलपरासी ,२३ असाेज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि पश्चिम नवलपरासीमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ र २ मा विभिन्न पार्टीका उम्मेदवार तथा स्वत्रन्तले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवं उद्योपति विनोद चौधरी, जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पुर्ब मन्त्री हृदेश त्रिपाठी र नेकपा एमाले बाट सिन्धु जलेसा बुढाथोकि राष्ट्रिय प्रजातन्त्र पार्टी बाट भाेजराज ढकाल लगायत प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा १ (क) बाट सत्ता गठबन्धनतर्फ बाट नेपाली कांग्रेसबाट विश्वप्रेम पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नबनित कुमार मिश्र र(ख)बाट संविधान सभा सदस्य देवकरण प्रसाद कलवार(सन्तु) राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चन्द्रभान कोइरीले उम्मेदवारी दर्ता गराएका हुन ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न पार्टीका उम्मेदवार तथा स्वत्रन्तले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल संगै नेकपा एमाले तथा जसपा गठबन्धन तर्फबाट दीपेन्द्र अधिकारी, लोसपा र राप्रापा तर्फ बाट ध्रुपबहादुर प्रधान लगायत ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
त्यस्तै प्रदेश सभा २ (क) बाट नेकपा एमाले तथा जसपा नेपाल तर्फका उम्मेदवार थानप्रसाद गैरे, सत्ता गठबन्धन तर्फ बाट नेकपा माओवादीका खड्ग बस्नेत उम्मेदवारी दर्ता गराएका हुन ।
त्यस्तै प्रदेश सभा २ (ख) बाट नेकपा एमाले तथा जसपा तर्फबाट धरेन्द्र यादव, सत्ता गठबन्धन तर्फको नेपाली कांग्रेसबाट बैजनाथ कलवार तथा लाेसपा र राप्रपा नेपाल तर्फबाट नगेन्द्र अग्रहरीले उम्मेदवारी दर्ता गराएका हुन ।
२०७४ को चुनावमा कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए भने सूर्य चिन्हबाट चुनाव लडेका हृदेश त्रिपाठीले कांग्रेसका नेता देवकरण कलवारलाई ५ हजार १ मतले पराजित गरेका थिए ।















