नवलपरासीमा उम्मेदवारले यसरी गरे मतदान, अन्य जिल्लाका चर्चित नेताकाे समेत मतदान फाेटाे फिचर सहित

108
नवलपरासी बसुप निर्वाचन क्षेत्र नं २ मा  नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले बाल शिक्षा निकेतन सुनरी मतदान केन्द्रबाट मतदान गरेका छन् । 
नवलपरासी बसुप निर्वाचन क्षेत्र नं १ नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार हृदयेश त्रिपाठीले जन जागृति मावि गुठीपरसाैनी मतदान केन्द्रबाट मतदान गरे । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.६ को जन जागृती मा.वि. गुठी परसौनीमा कुल मतदाता संख्या -९८७ ।
त्यस्तै साेही क्षेत्रबाट नेपाली कांग्रेसका उम्माेदवार देवकरण प्रसाद कलवारले प्रतापपुर गा पा वडा नं. ६ काे वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै दयाराम आचार्य नवलपरासी,मंसिर २१ नवलपरासीको नवलपुरमा रहेका १ सय १२ मतदान स्थलका २ सय ५८ मतदान केन्द्रमा उत्साहपुर्ण तरीकाले मतदान प्रक्रिया संचालन भईरहेको छ । २ सय ५८ मतदान केन्द्र मध्य दुई वटा केन्द्र महिलाले मात्र संचालन गरेका छन । प्रतिनिधि सभा १ को कावासोती २ स्थित शिव माविको ग केन्द्र मा मतदान अधिकृत लिला ढुंगानाको नेत्तृत्वमा ८ जना महिला कर्मचारी मात्र मतदान प्रक्रिया संचालनका लागि खटिएका छन् । यस्तै प्रतिनिधि सभा २ को बिनयी त्रिवेणी गाउपालीका २ मा अवस्थित जनजागृती आधारभुत बिद्यालयको क केन्द्र पनि महिलाले संचालन गरेका छन । यहा महीला अधिकृत होमकला चापागाइको नेतृत्वमा ७ जना महिला कर्मचारी खटिएका छन् ।
सुतली बम भेटिएकोः

नवलपरासीको नवलपुर क्षेत्रको देवचुली ३, अम्बास चोकमा सुतली बम भेटिएको छ । साविक दिव्यपुरी गाविस अध्यक्ष तिलप्रसाद पाठकको घर पार्किग गरिराखिएको ना ३ च १७२१ नम्बरको कारको पछाडि वम भेटिएको हो । सतली बमलाई नेपाली सेनाको टोलीले त्याहाबाट हटाएर सुरक्षित स्थानमा राखेको र बेलुका डिस्फोज गर्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

त्यस्तै, दाङ्को तुल्सिपुर दोघरे नजीक बिस्फोट आशकामा ९ पक्राउ परेका छन ।

नवलपरासी बसुप बर्दघाट नगरपालकिा ९ मा रहेकाे राजा मावी नजिक बम विस्पोट भएको हाे । क्षति भने भएको छैन । मतदान स्थलकाे २५ मीटर टाढा विस्फाेट भएकाे हाे । मतदान सुचारू रहेकाे छ ।

अन्य जिल्लामा समेत चर्चित उममेदवारले यसरी गरे अाज मतदान, फाेटाे फिचरः
तनहुँ १ का उम्मेद्वार तथा नेपाली कांग्रेसका बरिष्ठनेता रामचन्द्र पाैडेल सत्यवति ख केन्द्रबाट मतदान गर्दै ।
पुर्व उपप्रधानमन्त्री बामदेव गाैतम मतदान गर्दै ।
विना विभागिय मन्त्री उम्मेदवार सन्तकुमार थारु बारबर्दिया नगरपालिकाे वडा नम्बर २ जाेगीगाउँकाे युवक मावि ख मतदान केन्द्रबाट विहान ७.२० मतदान गर्नु भयाे ।
पुर्व उपप्रधानमन्त्री तथा माअाेवादि नेता टाेप बहादुर रायमाझीले सन्धिखर्क ९ काे अर्घा रजस्थल मावि केन्द्र बाट मतदान गर्नु भएको छ ।
शंकर पाेखरेल दाङको तुल्सिपुर १९ जनता बिधापिठ बिजौरीबाट मतदान गर्दै ।
नेपाल सरकारका उपप्रधानमन्त्री तथ शिक्षामन्त्रि गाेपालमा श्रेष्ठ मतदान गर्दै । उहाँले पुतलिबजार नगरपालिका ३ काजिमान हरिटिकामा मतदान गर्नु भयाे ।
नवलपरासी बसुपु प्रतिनिधि सभा १ का वाम उम्मेदवार भविश्वर पराजुली मतदान गर्दै ।
प्रतिनिधि सभा २ का बाम गठबन्धनका साझा उम्मेदवार तिलक महत कावासोती ३ मा रहेको जिवन ज्योती माविको मतदान केन्द्रमा मतदान गर्दै

अपडेटः ०७४ मंसीर २१ गते विहान ९ः१८ बजे