नवलपरासीमा अज्ञात समुहद्वारा चक्कु प्रहार, छात्रा घाईते

38

सहबान अन्सारी/रबिन्द्र यादव, पुस २६

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ पिपरपातीमा बुधवार बिहान एक छात्रा माथी चक्कु प्रहार भएकाे छ । युवती घाईते भएकी छिन ।
घर बाट आफ्नो बिध्यालयमा अध्यनको लागी साईकलमा जादै गरेकी प्रतापपपर गाऊपालिका वडा नं ७ बस्ने मुगु केवटकी १६ बर्षिय छोरी अनिता केवट माथी एक्कासी ऊखु बारी बाट मुख छोपेर तिन जना अज्ञात ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

घाईते भएकी छात्राको दाहिने हाथमा चोट लागेको छ । घाईते भएकी केवटलाई स्थानिय क्लिनिकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
साथै अज्ञात ब्यक्तीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।
छात्रा केवट गणेश माध्यमिक बिध्यालय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छात्रा हुन ।