सुनवल चिनी मिलमा किसानकाे ताला

8
सहबान अन्सारी, भदाै ६
नवलपरासीको सुनवल नगरपालिका वडा नं १ स्थित सुनवल चिनी मिलमा स्थानियवासीद्वारा अनिश्चितकालिन ताला बन्दी गरिएको छ । अाक्राेसित किसानले यस अघि नै इन्दिरा सुगर मिलमा तालाबन्दी गरेका छन्  ।
उखु क्रसिङ्गको सिजन ०७४/०७५ र ०७५/०७६ सालको भुक्तानी रकम करिब १२ करोड बाकी रहेको बिरोधमा ताला बन्दी गरिएको सदस्य उखु कृषक समिती नवलपरासीका प्रवक्ता धिरज त्रिपाठीले बताऊनु भयो । समयमा भुक्तानी नपाउदाँ उखु किसानहरु निकै समस्या भोग्दै आएका छन । 
मिलले साउन मसान्त भित्र सम्पुर्ण भुक्तानी गर्न भनेपनि अहिले सम्म उक्त रकम भुक्तानी गर्न सकेको छैन । मिल संचालकलाई पटक-पटक आग्रह गरिए तापनि मिलले बाकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि आक्रोशित किसानहरुले मिलको लेखाशाखा, र ३ वटा गोदाममा तालाबन्दी गरिएको हाे ।
नवलपरासीको हजारौ किसानहरु नगदे बालीको रुपमा उखु खेती गर्दै आएपनि समयमै भुक्तानी नपाउदाँ ऋण समेत लिन परेको अवस्था सिर्जना भएको उखु कृषक समितीका अध्यक्ष दुधनाथ गुप्ताले बताऊनु भयो।
त्यस्तै प्रतापपुर गाऊपालिका स्थित ईन्दिरा सुगर मिल गंगापुरले किसानहरुको १८ करोड भुक्तानी नगरेको बिरोधमा मंगलवार स्थानिय द्वारा ताला बन्दी गरिएको छ ।