नवलपरासीको सरावल र प्रतापपुरमा क्वारेन्टाईन निर्माण

17
उमेश बि.क / सरावल,१२ चैत
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवा सेल्टर भवन, वाल्मीकि प्रा. बि मा दश बेड क्षमताको क्वारेन्टाईन निर्माण भएको छ।
कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सरावल गाउँपालिका बासिलाई सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो । ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिए।
‘हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। संक्रमित देखिएमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,अध्यक्ष चाैधरीले भने। त्यस्तै सरावल गाउँपालिका बासिलाई काेराेना भाइरसबाट बचाउनकाे निम्ति काेराेनाबाट बच्ने उपाय सहितकाे सुचना गाडिबाट माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको छ।
सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्म प्रत्यक टाेलटाेलमा माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष रायले जानकारी बताउनु भएको हाे। कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउदै सबैले आ-आफनो ठाउबाट सकेको सहयोग तथा घरभित्र सतर्कता पुर्बक रहनु र नेपाल सरकारकाे नियम पालना गर्नुपर्ने अाग्रह गर्नु भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरिएकोले यसलाई पालना गर्न गाउँपालिका अध्यक्ष चाैधरीले अनुराेध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भनेकाे हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे।
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९) बाट अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई अाग्रह समेत गर्नुभएको हाे। त्यस्तै काेराेना रोग रोकथामका लागि प्रतापपुर गाउँपालिकाले क्वारेन्टाईन निर्माण गरेको छ। त्रिभुवन क्याम्पस बेलाटारी र गोपीगंज स्थित बाल्मिकी बचत तथा ऋण संस्थामा क्वारेन्टाईन निर्माण गरिएको गाऊँपालिका अध्यक्ष राज कुमार शर्माले जानकारी दिनुभएको छ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखा परिसकेको र समयमै नियन्त्रण नभए भयाभय स्थिति पैदा गर्ने बताउदै गाउँपालिकाबासीकाे सुरक्षाको लागि क्वारेन्टाईनको निमार्ण गरिएको अध्यक्ष शर्माले बताउनु भएको छ ।