सीमामा निगरानी बढाइएपछि तस्करी अवरुद्ध

7

वृजराज कुशवाहा
चैत १० नवलपरासी पश्चिम ।
कोरोना संक्रमणको प्रभावले नवलपरासीको सीमा तस्करी प्रभावित भएको छ । विगत लामो समयदेखि जरो गाडेको नवलपरासीको सीमा तस्करी सीमामा प्रहरीको उपस्थिती बढेपछि अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
नो मेन्स लैण्डको दुबै तर्फ नेपाल तथा भारतका प्रहरीको उपस्थिती बाक्लो बनेपछि कडा पारिएको चेकजाचका कारण तस्करी समेत प्रभावित भएको हो । कोरोना संक्रमित व्यक्तिको आवतजावतमा निगरानीका लागि सीमामा तैनात सुरक्षाकर्मीका कारण तस्करहरु तस्करीका मालसामानको ओसारपसार प्रभावित भएको हो ।
नेपालतर्फ ल्याउन खोजेको कुखुराहरु तस्करीकै गाडीमा मरेपछि भारी मात्राको कुखुरा तस्करहरु सीमामै फालेर भागेका छन् । मरेको कुखुरा गन्हाउन थालेको र कुकुर तथा स्याल गाउंतर्फ लैजान थालेपछि स्थानीयले दिएको खबर पश्चात कुखुरा आज सोमवार प्रहरीले खाडल खनी तह लगाएको छ ।
प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा फालिएको एक ट्रक कुखुरा प्रहरी चौकी गुठी परसौनी र वडा नं. ६ ले डोजर प्रयोग गरी तह लगाएको वडाध्यक्ष रामहरी उपाध्यायले बताए । महामारी फैलिने डरले वडाको सहयोगमा डोजर प्रयोग गरी गन्हाउन थालेका ती कुखुरा तह लगाएको प्रसनी घनश्याम रिमालले बताए ।