नवलपरासीको कावासोतीमा मालपोत प्रमुखलाई कालोमोसो

117

शिव डुम्रे, कावासोती भदाै २९ गते ।

नवलपरासी कावासोती स्थित मालपाेत कार्यालयमा कार्यरत मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई जनताको सत्ताले कार्यकक्षमै कालोमोसो दलेकाे छ । ३ जनाको समुहले भष्टाचारी भन्दै घिमिरेलाइ कालोमोसो दलेर कारवाही गरेको हाे ।कालोमोसो दल्ने युवा भने फरार भएका छन् । 

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट सत्ता जिल्ला जनपरिषद नवलपरासी लेखिएको पर्चामा उनले गरेका कर्तुतहरु खुलाईएको छ । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तिस लाख भन्दा बढीकाे थैलि घटाएर पुजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालीबाट लाखौरुपैया रकम लिने गरेको उल्लेख गरीएको छ ।

ईलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफुलाई विप्लव समुहको भन्ने युवाहरुले अभद्ध व्यवहार गरेर फरार भएको र उनीहरुको खोजी कार्य भैरहेको बताए । कालोमोसो दलिएको स्थानमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखिएको पर्चा भेटिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय संघर्षलाई बढाउदै लगेको र जनतासंग प्रत्यक्ष सरोकार राख्ने र अत्यधिक भ्रष्टाचार हुने निकायमा निगरानी बढाएकाे स्रोतको दावी छ ।