काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा आज सकिँदैछ। आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन चाहने दलहरूलाई लक्षित गर्दै आयोगले दर्ता प्रक्रिया अघि बढाएको हो।
निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताको छुट्टै समयसीमासमेत तोकेको छ। आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दलहरूले मंसिर १० गतेसम्म अनिवार्य रूपमा दल दर्ता गरिसक्नुपर्नेछ।
आफूलाई पहिल्यै आयोगमा दर्ता गराइसकेका दलहरूले पनि आगामी निर्वाचनमा सहभागी हुन पुनः दल दर्ता प्रक्रियामा सामेल हुनुपर्ने आयोगले जानकारी दिएको छ।















