नवलपरासी ,३ मंसिर ।
नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले देशलाई निकास दिने जिम्मेबारी अब नेपाली कांग्रेसको कांधमा आएको बताउनुभएको छ ।
बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले आफ्नो चुनाबी प्रचार प्रसार अभियान घरदैलोको क्रममा मतदाता माझं यस्तो बिचार राख्नुभएको हो ।
सो अवसरमा बोल्दै नेता कण्डेलले देशमा अहिलेको आवश्यकता लोकतन्त्र जोगाउनु भएकाले जुन काम नेपाली कांग्रेसले मात्र गर्न सक्छ तसर्थ यस पटक लोकतान्त्रीक शक्तिलाई बिजयी गराउन आग्रह गर्नुभयो । मधेश र मधेशी जनताको हिक हित नेपाली कांग्रेसले मात्र गर्न सक्ने जनाउदै कण्डेलले मधेश र मधेशी जनतालाई नेपाली कांग्रेसले मात्र न्यान गर्न सक्ने ठोकुवा गर्नुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य गुणनिधि तिवारी सहित सयौ नेता कार्यकर्ताहरुको सभागीता रहेको थियो । यसैबिच नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले खेल र खेल क्षेत्रको तिब्र बिकास नेपालको मुल आवश्यकता रहेको बताउनुभएको छ ।
बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले हरपुरमा हरपुर माविद्धारा आयोजीत बृहद खेलकुद प्रतियोगीताको शुभ आरम्भ गर्दै यस्तो बताउनुभएको हो ।
बिद्यार्थी यो देशका कर्णधार हुन् बिद्यार्थीको भबिश्वमाथी सबै दृष्टिकोण सम्मानजन हुनुपर्ने भन्दै कण्डेलले खेल र खेलाडीको बिकास भएमात्र देशको बिकास सम्भव नभएको जिकिर गर्नुभयो ।
सो अवसरमा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण मोहन सहानीको अध्यक्षतामा भएको सो कार्यक्रममा बिद्यालय निरिक्षक पशुपती भट्टराई, सहायका जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्साल, परासी अगुवा स्रोत केन्द्रका बल्लब आचार्य, कृष्ण प्रसाद पाण्डे, लगायतकाले बोल्नुभएको थियो ।
नवलपरासीमा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुले आज पनि आ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न चुनाब प्रचार प्रसार मुखी कार्यक्रम गरेका छन् । उम्मेदवारहरुले आफ्ना समर्थकहरुको साथमा विभिन्न क्षेत्रमा मतदाताहरु संग मतमाग्न घरदैलो गर्ने र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा प्रचार प्रसार मुलखी कार्यक्रम अन्य भेला लगायतका कार्यक्रम जारी राखेका छन्
यसैगरी यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारी आज संयुक्त रुपमा मनरी, मगरमुडा, दगीया लगायतका स्थानमा उत्साहजनक रुपमा घरदैलो गर्नुभएको छ ।
यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका बैजनाथ जयसवालले आज संयुक्त रुपमा रामग्राम १८ बन्जरिया, धर्मपुर लगायतका क्षेत्रमा घरदैलो गर्नुभएको हो ।
यसैबिच बर्दघाट सूस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधी सभा उम्मेदवार सदस्य देवकरण प्रसाद कलवार (सन्तु ) र प्रदेश सभा सदस्यका उम्मेदवारहरु बिक्रम खनाल र मुकुल आचार्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनाबी प्रचार प्रसार कार्याक्रम सम्पन्न गरेका छन् ।
त्यस्तै, पाल्हिनन्दन गाउँ पालिका वडा नं.२ हरपुर को सुगौली, हरपुर, अमानिगंज, पिपरहवा, मुडेरवा, गोपालपुर, भक्सिपुर आज घरदैलो कार्यक्रम बाम गठबंधनले गरेको छ । प्रतिनिधि सभाका उमेदवार घनश्याम यादव प्रदेस सभाका उमेदवार कन्हैया कोहार लगायतका उपस्तिथी थियो।