त्रिबेणी धाममा माघे अाैंसी मेला शुरू

120

संजय कुशवाहा / नवलपरासी माघ ९

नवलपरासीकाे पवित्र धार्मिक तथा पर्यटकिय स्थल  त्रिबेणी धाममा माघे अौसीको मेला शुरू भएको छ । मेला भर्न नेपालका साथै भारतकाे बिहार तथा उत्तर प्रदेश राज्यका हजाराैं श्रद्धालु भक्तजनहरू त्रिवेणी धाम पुगेका छन् ।

हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे अौसीको दिन त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको छ । ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा मेला लागने गरेको छ ।

त्रिवेणी धाममा नारायणी नदि , सोन भद्र नदि र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरेको छ । अौसी मेलामा नेपाल,विहार ,भारतको उत्तर प्रदेश बाट लाखौ श्रधालु भक्तजनहरु आउने गरेका छन ।

मेलामा श्रधालु भक्तजनहरुलाई सरल, सुलभ र भभ्य बनाउनका लागी मेलामा करिब दुई सय सुर‌क्षा कर्मी परिचालन गरिएको छ । साथै ८ वटा उप समिति ,८५ जना स्वयम् सेवक, ४ ठाउँमा निशुल्क स्वास्थ्य शिविर, ७ वटा सार्वजनिक शौचालय,एक एेम्बुलेन्स, सशस्त्र प्रहरी बल बाट १० सदस्यीय रेस्क्यु टिम,रातिको समयमा मेलाको चारैतिर बत्ती,४ ठाउँमा चिसो बाट बाच्नको लागि धुई , ४ ठाउँमा खाने पानी , नुहाउने घाटमा एक वटा सी.सी .टिभी , पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी ब्वस्था गरिएको छ ।

औशी मेला ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् विनई त्रिवेणी गाउपालिका वडा न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरूङले बताउनु भएको छ । त्रिवेणी औशी मेलामा स्नान तथा अवलोकनका लागी करिब ५ देख ६ लाख सम्म श्रधालु भक्तजनहरु मेलामा आउने गुरूङले दावी गर्नु भयो ।