तस्करीकाे सुरक्षित नाका बन्दै नवलपरासी पश्चिम

127

नवलपरासी सम्वाददाता

पश्चिम नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रका भारतीय चोर नाकाहरू पछिल्लाे समयमा तस्करका लागि सुरक्षित क्षेत्र बनेकाले टाढाटाढाका तस्करहरूको अाश्रय स्थलको रूपमा परिणत हुदै गएको छ ।

दिउंसाे हाेस् या राती जुनसुकै बेला पनि बिना अवराेध तस्करले अवैध सामान सीमामा अाेसार पसार गरेकाे देख्न पाइन्छ । नेपालबाट भारततर्फ तथा भारतबाट नेपाल तर्फ सजिलै भन्सार छलेर गर्न थालिएकाे अवैध धन्दा दैनिक फस्टाउदै गरेकाे देखेर स्थानीयवासीले चिन्ता जाहेर गरेका छन् ।

यस्ता सीमा नाकामा धर्माैली र बसहिया प्रमुख केन्द्र बनेका छन् । याे नाका नेपाल सरकारकाे प्रहरी चाैकी बसहिया र सशस्त्र प्रहरी नेपाल बडर आउट पोष्ट गुठी परसाैनीकाे कार्य क्षेत्र हाे । यस नाकामा भारततर्फ एसएसबीकाे सशस्त्र सिमा बल झुलनीपुर र प्रहरी चाैकी रेंगहिया पर्दछन् । विगत लामाे समयदेखि असहज बनेकाे यस नाकाकाे एसएसबीकाे सशस्त्र सिमा बल झुलनिपुर इन्चार्जकाे सरूवा भै नया अफिसर सहायक निरीक्षक अन्सुुुल कुमार अाएपछि तस्करीकाे माहाैल नै बनेकाे छ । तस्करहरु सल्बलाएका छन्।

यस्ता नाकाहरूमा नेपाल सरकारका प्रहरी चौकी रामनगर, बसहिया, गुठी परसौनी, हर्षपुरा, भुजहवा र महेशपुर तैनात रहेकाे अवस्था छ । यीनै नाकामा भारततर्फ करमिसवा, रेंगहिया, झुलनीपुर, लक्ष्मीपुर र ठुठीबारी स्थित छन । सम्पर्क सुत्रका अनुसार तस्करी काराेबारमा नेपाल तथा भारतका तस्करहरूकाे बिगबिगी छ । यिनले सेतो मटर, छोहाडा, कालाे मरिच, मदिरा जस्ता सामानहरू भारतको बजार निचलाैल, सिसवा, महराजगंज, गोरखपुर लगायतका बजारहरूमा पुग्ने गरेकाे श्राेतकाे दावी छ ।

भारतीय बजारका कुखुरा, उखु, भेली, कपडा, साडी, टायल र जिउंदाे बंदेल जस्ता सामानहरू तस्करले बेराेकटाेक अाेसारेकाे स्थानीयकाे भनाइ छ । स्थानीयवासी भन्छन्, तस्करले सामान ल्याउने लैजाने कुनै निश्चित समय छैन, जुनसुकै बेला पनि साइकल, माेटरसाइकल र पिकअप भेनमा अाेसारपसार गरेका छन् । स्थानीय भन्छन्, दैनिक कराेडाैंकाे माल अाेसारपसार हुंदा सुरक्षा निकाय माैन बसेकाे देख्दा दिक्क लागेकाे छ । जब हामी किसानले १० किलाे रासायनिक मल अाफ्नाे खेतका लागि ल्याउन चाहन्छाैं, प्रहरीले हैरान बनाउंछ ।