जुत्ता प्रहार भएकाे विराेधमा विद्यार्थीहरूकाे विराेध प्रदर्शन

17
नवलपरासी, माघ ९ गते ।
नवलपरासी पश्चिमका एक विद्यालयका प्रधानाध्यापक माथि जुत्ता प्रहार भएकाे विराेधमा विद्यार्थीहरूले विहिवार अाज विराेध प्रदर्शन गरेका छन् । प्रदर्शनमा विद्यालयका एक हजार बढी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूकाे सहभागिता रहेकाे थियाे । जुलुसमा जग्गा विद्यालयकाे हाे, जग्गा हडप्न पाइदैन, भूमाफिया खबरदार भन्ने नारा लगाएका थिए ।
प्रतापपुर गाउंपालिका ६ नं. वडामा रहेकाे जन जागृति माध्यमिक विद्यालयकाे जग्गा दर्ताका लागि सरजमिन बुझ्ने क्रममा जग्गा मेराे हाे भनी दावी गर्ने स्थानीय गाेविन्द यादवकी छाेरी अञ्जली यादवले प्रधानाध्यापक बाबुराम सुवेदीमाथि जुत्ता प्रहार गरेकाे विद्यालयले जनाएकाे छ ।
वडाकाे सरजमिन बुझ्ने काम सकिएर घर फर्किन लाग्दा वडा कार्यालय अगाडि प्रहरी चाैकी गुठी प्रसाैनीकाे अगाडि बुधवार जुत्ता प्रहार गरिएकाे थियाे । विद्यालयकाे एकल स्वामित्वकाे दर्ता हुन बाकी रहेकाे ५ कट्ठा ४ धुर जग्गा हत्याउन यादवले खाेजेकाे र दर्ताका लागि वडाकाे सिफारिस माग्दै अाएकाे वडाध्यक्ष रामहरी उपाध्यायले बताए । जग्गामाथि कब्जा जमाउन थालेपछि विद्यालयले दर्ता प्रकृया अगाडि बढाएकाे थियाे ।
जुत्ता प्रहार गर्ने बाबुछाेरी माथि केही सार्वजनिक अपराधकाे मुद्दा चलाइनु पर्ने दबाव बढेकाे बुझिएकाे छ । विद्यालयले अभिभावक तथा भद्र भलादमीकाे परामर्श पश्चात प्रधानाध्यापक माथि भएकाे प्रहारकाे न्यायका लागि मुद्दा चलाउने भएकाे छ ।