जित हात पार्न सफल भएका नवलपरासीका नेताहरू

28

वृजराज कुशवाहा, नवलपरासी, २४ मंसिर ।

स्वतन्त्र राजनितिक समहुका नेता एवं बाम गठबन्धनका उम्मदेवार पुर्वमन्त्री ह्दयेश त्रिपाठी भारी मतान्तरले बिजयी भएका छन् । त्रिपाठीकाे निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवकरन प्रसाद कलवारसंग कडा प्रतिश्पर्धा रहेकाे थियाे । त्रिपाठी ०७० काे संविधानसभाकाे निर्वाचनमा कलवारसंग पराजित भएका थिए ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा नेता त्रिपाठी आफनो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मदेवार देवकरण कलवारलाई ५ हजार १ मतले पराजित गर्दै बिजय हासिल गरेका हुन् । नेता त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दे नेता कलवारलाई पराजित गरेको निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले जनाएको छ ।

नेता त्रिपाठी नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा १ मा बाम गठबन्धन तर्फबाट सुर्य चुनाव चिन्ह लिएर उठेका थिए । उक्त क्षेत्रमा कुल १ लाख २ हजार ३ सय ६८ मतदाता रहेपनि ७९ हजार ७१ मत मात्र खसेको थियो । नेता त्रिपाठी शुरुदेखि नै अग्रता कायम गर्दै बिजय हासिल गरेका हुन् ।

नेता त्रिपाठी बिजयी भएपछि उनका कार्यकर्ता र समर्थकहरु उनलाई फुलको हारमालाले स्वागत तथा बधाई ज्ञापन गर्दै जिल्लाको सदरमुकाम परासीमा ठुलो बिजय जुलुस निकालेका छन् । जुलुस परासी बजार घुमाउदै आआफनो गन्तब्यमा लाग्ने बताइएको छ । भोली बाम गठबन्धनका संयुक्त जुलुस र्याली निकालिने बताइएको छ ।

त्यसैबिच प्रतिनिधि सभा १ कै प्रदेश सभा १ मा बाम गठबन्धनका उम्मदेवार दिपेन्द्र अधिकारी र प्रदेश सभा २ मा बाम गठबन्धनकै उम्मदेवार अजय बहदुर शाही बिजयी भईसकेका छन् । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा बाम गठबन्धनका उम्मदेवार बैजनाथ चौधरी र प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ जायसवाल पनि बिजयी भईसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता प्रतिनिधि सभा २ मतगणना जारी रहको छ । उता नवलपुर १ मा मतगणना जारी छ, यहाँको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ ।

यहाँ प्रतिनिधिसभा सदस्यमा नवलपरासी (पूर्व ) निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले २९२४ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भविश्वर पराजुलीले १२४४ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

झन्डै तेब्बर मतका साथ अग्रता लिएका शशांक बिपी कोइरालाका छोरा हुन् । यस अघिका निर्वाचनमा समेत नवलपरासीबाटै जित्दै आएका कोइरालाले यस पटक पनि जिते भने ह्याट्रिक पुरा गर्ने छन्  ।

त्यस्तै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भविसोर पराजुली शशांकसँग प्रतिष्पर्धामा छन् । उद्योगपति बिनोद चौधरीको साथ पाएका र पहिले पनि जित्दै आएका शशांकको लागि नवलपुर १ जितको लागि सम्भावित क्षेत्र हो भने भ्रष्टाचार बिरुद्ध अभियान चलाएका बाम गठबन्धनका उम्मेदवार पराजुली नवलपुरका लागि नयाँ अनुहार हुन् ।

शशांकको अघिल्ला निर्वाचनमा जितको अवस्था संविधान सभाको पहिलो निर्वाचन वि.स. २०६४ मा डा.शसांक कोइरालाले १७ हजार ४ स ३० मत ल्याएर बिजयी हुदा निकटतम प्रतिद्धन्दि माओवादीका ठाकुर प्रसाद चापागाई रहनु भएको थियो । त्यती बेला एमाले तेश्रो स्थानमा रहेको थियो । वि.स. २०७०को निर्वाचनमा कोइराला १८ हजार २ सय २८ मत ल्याएर बिजयी बन्दा नेकपा एमालेका उम्मेदवार दिपक अधिकारी क्षेत्रीले १२ हजार १ सय १० मत माओवादीका उम्मेदवार धनप्रसाद सापकोटाले ४ हजार ३ सय १७ मत प्राप्त गर्नु भएको थियो ।