जनमैत्री प्रहरी अभियान लुम्बिनीमा

14
File photo

लुम्बिनी १२ असोज । गृहमंत्रालयको निर्देशन बमोजिम शान्तिसुरक्षा र सुशासन,जनमैत्री प्रहरी र प्रशासन भन्ने मूल नाराका साथ ईलाका प्रहरी कार्यालय लुम्बिनीले प्रहरी हाम्रो टोलमा अभियान शुभारम्भ गरेको छ ।
ईप्रका लुम्बिनीले प्रहरी र प्रशासनलाई नागरिक प्रति जबाफदेही बनाउन लुम्बिनी मूलगेट देखि महिलवार बजारको दुर्गा मन्दिरसम्म स्थानीय र प्रहरी सम्मलित प्ले ब्यानर सहित सचेतना रयालीको आयोजना गरि ब्यापक सरसफाई प्रहरी टोल अभियान शुभारम्भ गरको हो ।
वर्दीधारी प्रहरी र बिनावर्दीका प्रहरी नागरिक सँग हातेमालो गर्दै सामाजिक बिकृति बिसंगती बिरुद्ध प्रहरी हाम्रो टोल अभियानलाई लुम्बिनी क्षेत्रको गाँउ गाँउमा पुरयाउने ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तमराज रावत क्षेत्रीले बताए ।
प्रहरी गाँउटोल अभियानमा सशस्त्र प्रहरी दंगा नियन्त्रण कार्यालय लुम्बिनी, अनुसंसन्धान प्रहरीका करीब ५० जना जवानहरुले हातमा कूचो लिएर महिलवार बजारको सरसफाई समेत गरेको लुम्बिनी बेस क्याम्पका सशस्त्र प्रहरी डी. एस.पी. दर्शन गिरीले जानकारी गराए ।
यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहोरमैलाको ब्यवस्थापन गर्न नसक्दा महिलवार बजारबाट निस्केको फोहोर लुम्बिनी बिकासको फलामे सुरक्षा पर्खाल तोडी फोहोर फाल्ने काम भईरहेको हुदा तत्काल रोक्नु पर्ने स्थानीयले माँग समेत गरेका छन ।