1.5 C
New York
Thursday, February 6, 2025

Buy now

spot_img
spot_img

छाला तथा याैन राेग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

spot_img
spot_img

उमेश वि.क, सरावल / ४ साउन , २०७५

नवलपरासीको प्रतापपुर गाउँपालिका ८ बि.पि स्मृति प्रा.वि. फटकिटाेलमा १ दिने निशुल्क छाला तथा याैन राेग सम्बन्धि स्वास्थ्य शिबिर अाज सम्पन्न गरिएको छ । बिकल्प नवलपरासीकाे तराई बाढी पुर्नलाभ परियाेजनाकाे आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोग तथा प्रतापपुर गाउँपालिका ,प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा र देवदह मेडिकल कलेज रुपन्देहीकाे प्राबिधिक सहयोगमा उक्त निशुल्क छाला तथा याैन राेग सम्बन्धि स्वास्थ्य शिबिर प्रदान गरिएको छ ।

बिकल्पकी अध्यक्ष कबिता ज्ञवालीकाे अध्यक्षतामा तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार कुमार शर्माकाे प्रमुख आतिथ्यतामा १ दिने छाला तथा याैन राेग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर अाज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माले स्वास्थ नै मानिसको ठुलाे धन हाे त्यसकारण प्रत्येक ब्यक्तिले अाफ्नाे स्वास्थ्यकाे बिशेष ख्याल राख्नुपर्छ । अाज प्रतापपुर गाउँपालिका वडा नम्बर ८ मा छाला तथा याैन राेग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर राखेर बिकल्पले स्रहनिय काम गरेकाे छ । बिगतका दिनमा बाढि अाएकाे कारणले यहाँका अधिकान्स जन्ता छाला राेगबाट ग्रशीत रहेका छन ।

यश समस्यालाई समाधान गर्न विभिन्न संघ संस्थाहरु लागि पर्न एकदमै जरुरी छ। र यहाँका गरीब जन्ताकाे समस्यालाई समाधान गर्न हामी सबै मिलिजुली लाग्नुपर्छ । र गाउँपालिका र यश वडाकाे बिकाशका हरेक कार्यमा विभिन्न संघ संस्थालाई चाहिने समन्वय र सहकार्य गर्न हमेशा तत्पर रहनेछु भन्ने कुरामा जोडे दिएका थिए ।

सो निशुल्क स्वास्थ्य शिबिरमा प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरि २०९ जना छाला तथा याैन राेगसंग सम्बन्धि ब्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

राेगकाे परिक्षण देबदह मेडिकल कलेजका छाला तथा याैन राेग बिशेषज्ञ बिक्रम ज्ञवालीले गरेका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme