होमराज रानाभाट
डाडाँझेरी ( नवलपरासी ) साउन ६ गते ।
विगत चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले पूर्बी नवलपरासीकाे बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरीए पछि दुई जना पहिरोमा पुरीएर बेपत्ता भएका छन् ।
जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमति लाई बगाएको र घर समेत पुरेको उनका छोरा धनबीर सार्कीले जानकारी दिनुभयो ।
राती करीब तीन बजे तिर घर माथिबाट ठुलो पहिरो आयो र बुबा र आमा बसेको घर नै सुतेकै अबस्थामा पहिरोले लग्यो र बुबा आमा नै बेपत्ता हुनु भयो, बुबा आमा संगै घरमा रहेका बाख्रा, कुखुरा, सबै पहिरोले पुरेको धनबीरले बताउनुभयो । पहिरोले घर पुरेको र बुबा आमाको पहिरोले लगे पछि अब जिउँदो आशा नरहेको धनबीरले बताउनुभयो ।
घटनाको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले पुष्टि गर्दै घटनामा दुई श्रीमान श्रीमति पहिरोले पुरिएर बेपत्ता बनाएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटना घटेको जानकारी दिदैं घटनास्थल पहाडी बिकट क्षेत्रमा भएकाले प्रहरी परिचालन गरिएको बताउनुभयो ।